भारत जान लागेका २ जना विदेशी महिला सप्तरीबाट पक्राउ

मिति: २०२५-०९-२१ , समय : २१:१६:४५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरी प्रहरीले भारततर्फ जाँदै गरेकी उज्बेकिस्तानका दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । शनिबार बेलुका बेल्ही नाका हुँदै भारततर्फ जाँदै गरेका उज्बेकिस्तानका ३९ वर्षीया फेरुजा याख्सिमुरातोवा र ३९ वर्षीया शोखिस्टा अकबारोवालाई नियन्त्रणमा लिएको हो ।
गस्तीमा खटिएको प्रहरी टोलीले जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित भारततर्फ गइरहेको बीआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकलमा पछाडि सवार उनीहरूमाथि शंका लागेर चेक जाँच गरेका थिए ।
बिहार, मधुबनीको लालमनिया डुमरबानाका २० वर्षीय नितिशकुमार विन्दाले चलाइरहेको मोटरसाइकलमा बसेका उनीहरूसँग पासपोर्टसहित आवश्यक कागजात नभेटिएपछि दुवै जनालाई नियन्त्रणमा लिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनु भयो ।
‘काठमाडौंको एक होटलमा बस्दै आएको उनीहरूले बताए पनि दुवै जनासँग पासपोर्टसहितका आवश्यक कागजात नभएको बताउदै ‘पासपोर्ट र कागजात होटलमै छुटेको भनिरहेकाले हामी होटलसँग पनि समन्वयन गरेको तर, दुवै जनाले भारततर्फ जान लागेको कारण भने खुलाएका छैनन् । त्यस विषयमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनु भयो । मोटरसाइकल चालक विन्दासँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०९-२१ , समय : २१:१६:४५ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित