मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा जुत्ता, चप्पलको व्यवस्थापन
मिति: २०२५-०९-३० , समय : ०८:०८:४५ , गामघर डेस्क
मिति: २०२५-०९-३० , समय : ०८:०८:४५ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
विश्व हिन्दु परिषद् नेपाल सेवा विभाग सप्तरीद्वारा छिन्नमस्ता मन्दिर प्राङ्गणमा जुत्ता, चप्पल व्यवस्थापन शुरु गरिएको छ । एक हजार झोला खरीद गरेर श्रद्धालुको जुत्ता, चप्पल निःशुल्क व्यवस्थापन गरिरहेको परिषद्का मधेश प्रदेश संगठनका सचिव जंगबहादुर सिंहले सञ्चारकर्मीलाई बताउनु भयो । उहाँले झोलाहरुमा उल्लेख भएको कुपन नम्बर जुत्ता, चप्पल राख्ने श्रद्धालुलाई दिएर पूजापाठ गरी फर्किदा कुपन दिएपछि फिर्ता गर्ने गरेका बताउनु भयो ।’ 
यस कार्यमा १५ जना स्वयंसेवक र परिषद्का पदाधिकारी गरी २५ जना सहभागी स्वयंसेवक र पदाधिकारी पनि सेवाभावले निःशुल्क कार्य रिरहेको सिंहले बताउनु भयो ।
संगठन विभाग सचिव सिंहले यो कार्य सप्तमीदेखि विजयादशमीको दिनसम्म संचालनमा रहने बताउदै आगामी बर्षदेखि दशैंको धटस्थपनादेखि संचालन गर्ने बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०९-३० , समय : ०८:०८:४५ , 2 months अगाडि