भारतको ओडिशामा दुई समुदायबीचको तनावपछि ३६ घण्टे कर्फ्यु

मिति: २०२५-१०-०६ , समय : १३:२५:४९ , गामघर डेस्क

तस्वीर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको ओडिशामा दुई समुदायबीचको तनाव र हिंसात्मक घटनापछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । शहरका धेरैजसाे क्षेत्रमा ३६ घण्टाका लागि कर्फ्यु लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।

विश्व हिन्दू परिषद्ले आज कटक क्षेत्रमा १२ घण्टे बन्दको आह्वान गरेको छ । दुई दिनअघि दुर्गा पूजा विसर्जनका क्रममा भएको झडपपछि शहरमा तनाव भएको हो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि आठ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

घटनामा २५ जना घाइते भएका खबरमा भनिएको छ । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै हिंसामा संलग्नहरुमाथि कडा निगरानी भईरहेको र कानुन अनुसार कडा कारबाहीको चेतावनी दिनुभएको छ । एजेन्सी

प्रकाशित मिति: २०२५-१०-०६ , समय : १३:२५:४९ , 2 weeks अगाडि