ब्रह्मकुमारी राजविराजले २५ औं स्थापना दिवसमा रजत जयन्ती मनाउदै

मिति: २०२५-१०-०८ , समय : ०७:३३:०४ , गामघर डेस्क

तस्बिर : देबराम यादव/ गामघर टिभि

गामघर डेस्क

राजविराज ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, क्षेत्रीय कार्यालय राजविराजले रजत जयन्ती मनाउदै छ । सेवा केन्द्रको २५ औं स्थापना दिवसको अवसर पारेर राजविराजमा असोज २५ गते भव्य एक समारोहको विच रजत जयन्ती मनाउन लागेको हो ।
सेवा केन्द्रको राजविराज स्थित क्षेत्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलनमा रजत जयन्तीको अवसरमा चार दिने कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
ब्रह्म कुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी निर्देशक भगवती दिदीले असोज २२, २३, २४ र २५ गते चार दिने कार्यक्रम गरिने जानकारी गराइन् । उहाँले सुभावना, सद्भाव, राजविराजबासी सहयोगी छन् भन्ने संदेश प्रवाह गर्ने उद्देश्यले राजयोग शिविर तथा रजत जयन्ती मनाउन लागेको बताइन्।
सप्तरीबासी सबैको स्नेह माया र सहयोगले २५ औं वर्षमा पुगेको बताउँदै उहाँले सहयोगी हातहरुलाई धन्यवाद दिइन्। कार्यक्रममा सबैलाई सहभागीताको लागि आग्रह गर्दै उहाँले जनजनमा खबर पुर्याएर सहयोग गरिदिन संचारकर्मी तथा सम्पूर्ण सप्तरीबासीलाई अनुरोध गरिन् ।
असोज २२ गतेदेखि राजविराज स्थित राज रंगशालामा हुने कार्यक्रममा बिहान ७ देखि ९ र दिउँसो ३–५ बजेसम्म शिविर संचालन गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
क्षेत्रीय कार्यालयका निर्देशक एबम् समाजसेवा विभाग प्रमुख रन्जु दिदीले नेपाल तथा भारतबाट पनि ब्रह्मकुमारी प्रतिनिधिहरु सहभागी हुने बताइन्। रजत जयन्ती समारोहको ब्रह्मकुमारीज नेपालकी निर्देश्क राजयोगिनी डा.राज दादीमाँ र सह निर्देशक एवं सिमाञ्चल एबम् जोगवनी सब जोन प्रभारी किरण दिदीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिइन्।
कार्यक्रममा प्रमुख प्रशिक्षक राजु धलेले प्रशिक्षण दिने जनाइएको छ । पत्रकार सम्मेलनमा प्रज्ञा पीता ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय माउन्ट आबु राजस्थानका सदानन्द भाइजी, शिव भाईजी,रमेश भाईजी लगायतका राजयोगी तथा राजायोगीहरुको उपस्थिती थियो ।

प्रकाशित मिति: २०२५-१०-०८ , समय : ०७:३३:०४ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित