मधेस प्रदेश : माटाेकाे ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, ६ जना घाइते

मिति: २०२५-१०-११ , समय : १३:५०:१७ , गामघर डेस्क

तस्बिर : टुडेपाटीबाट

गामघर डेस्क

जनकपुरधाम ।
दिपावलिकाे लागि घर लिपपाेछ गर्न माटाे लिन गएका मधेस प्रदेशको बारामा माटोको ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कि ७० वर्षीया सारदा देवी महतो र वडा नम्बर ५ बस्ने वर्ष १५ कासुनिल महतो रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडा नम्बर ६ का १४ वर्षीय साजन महतो, वर्ष का१८ गौतम मुखिया, वडा नम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानी कुमारी महतो र सुशिला कुमारी,
१५ वर्षीय राजाबाबु शर्मा छन् ।

आज बिहान ८ : ५० बजेतिर सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक रहेको ईशरा पोखरीको डिलमा तिहारमा घर लिपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा ८ जना परेका थिए । जसमध्ये दुईजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । यता घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: २०२५-१०-११ , समय : १३:५०:१७ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित