सप्तरीको राजविराज स्थित सुकुम्बासीको घर तोडफोडको प्रयास

मिति: २०२५-११-०८ , समय : १४:५५:१५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१० स्थित खाडाे नदीको उकास जग्गामा घर,टहरा बनाएर बसेका सुकुम्बासीको स्थानिय युवाले चन्दा नदिएको आरोपमा उठीबास बनाउन प्रयास गरेको छ । नदीको उकास जग्गामा घर,टहरा बनाएर विगत २० वर्ष भन्दा बढी समयदेखि बसेका सुकुम्बासीको स्थानिय युवाले चन्दा नदिएको आरोपमा उठीबास बनाउन प्रयास गरेको हो ।
नदीमा पुल बने पछि पुलको पुर्वी छेउमा उकास जग्गामा ९/१० जना सुकुम्बासीहरु घर टहरामा चिया,किराना,सेलुन,साइकल मर्मत लगायत पसल सञ्चालन गरेर जिबिका गर्दै आएकालाई सोही वडाका युवाहरु अशोक यादव,बिशेश्वर यादव,पारस यादव,सन्तु यादव लगायतका युवाले रातीको समयमा घर,टहरा तोडफोडको प्रयास गरेको पिडित सुकुम्बासी विनादेवी यादवले दुखेसो पोखे । उहाँका अनुसार खाडौं नदीमा पुल बने पछि पुलको पुर्वको छेउमा उकास जग्गामा घर,बनाएर विगत २० वर्ष भन्दा बढी समयदेखि सानो चिया पसल गरी घर,परिवार चलाउदै आएकोेमा सोही वडाका केही युवाहरु चन्दा नदिएको आरोपमा घर तोडफोड रातीको समयमा प्रयास गरेको प्रतिकार गर्दा तोडफोडबाट जोगिएको दुखेसो पोखिन । उहाँले कति बैला घर तोडपोड गर्ने चिन्ता,त्रासमा बस्नु परेको सञ्चारकर्मीलाई पिडा सुनाउनु भइन ।
त्यस्तै सोही ठाउँकी सुमनीदेवी यादवले चिया पसल गरेर घर परिवार चलाउै आएको बैला सथानिय केही युवाहरुले विभिन्न पर्वको बाहानामा चन्दा माग्ने गरेको नदिदा घर,टहरा भत्काउने धाक धम्की पटक पटक दिने गरेको दुखेसो पोखिन । उहाँले निलम्बित नगर प्रमुख भीमराज यादव,कार्यबाहक नगर प्रमुख ईसरत परविन,वडाध्यक्ष गंगा प्रसाद खंग,लगायत विभिन्न राजनैतिक दलका नेता,विभिन्न निकायमा आफनो पिडा राख्दा पनि ठोस रुपमा समस्या समाधान नहुदा त्रास पुर्ण अबस्थामा बस्नु पर्ने बाध्य रहेको बताईन ।
उहाँले आफुहरुको समस्या सामाधान गर्न मानव अधिकारकर्मी ,नगरपालिका पदाधिकारी,राजनैतिक दलका नेता,प्रहरी प्रशासन,सञ्चारकर्मीलाई आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२५-११-०८ , समय : १४:५५:१५ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित