सप्तरी प्रहरीद्वारा ढिस्कोमा पुरिएका एक जनाको उद्वार
मिति: २०२५-१२-१४ , समय : ०८:१६:५२ , गामघर डेस्क
मिति: २०२५-१२-१४ , समय : ०८:१६:५२ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीमा ढिस्कोले पुरिएका एक जनाको प्रहरीद्वारा गरिएको छ । ढिस्कोमा पुरिएका कंचनरूप नगरपालिका वडा न.११ बक्साहाका ५५ बर्षिय दिलिप रेग्मी रहेका हुन ।
शनिबार घरदेखि १ किलोमीटर उत्तरमा रहेको चहाने खोरहिया जंगलमा दुमसि समाउन गएकोमा अचानक खाल्डोमा परी माटोको डिस्कोले पुरेका थिए । ढिस्कोमा पुरिएको खबर पाएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोलीले रेग्मीको उद्वार गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
उद्वार गरिएका रेग्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।
प्रकाशित मिति: २०२५-१२-१४ , समय : ०८:१६:५२ , 10 hours अगाडि