सप्तरीमा ट्यांकरको ठक्करबाट घाइते एक जना बालकको मृत्यु
मिति: २०२५-१२-१९ , समय : ०६:२७:५१ , गामघर डेस्क
मिति: २०२५-१२-१९ , समय : ०६:२७:५१ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.६ विरेन्द्र बजारमा बिहिवार इन्धन बोक्ने ट्यांकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय विरेन्द्र बजारका विनोद मेहताको ४ वर्षिय छोरा सचिन मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
पुर्व पश्चिम लोकमार्गको विरेन्द्र बजार सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्यांकरको ठक्करबाट गम्भीर घाइते बालक मेहताको उपचारको लागी अस्पताल लाने क्रममा बाटौमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बालकको युनिक अस्पताल रायपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि विराटनगर लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
मृतक बालक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्यांकरलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम चौधरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-१२-१९ , समय : ०६:२७:५१ , 7 hours अगाडि