सप्तरीका डाक्टर अमित यादवकाे नोबेल अस्पतालमा लडेर मृत्यु
मिति: २०२५-१२-२१ , समय : २०:४०:४१ , गामघर डेस्क
मिति: २०२५-१२-२१ , समय : २०:४०:४१ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
राजविराज ।
सप्तरीको एकजना चिकित्सकको विराटनगर स्थित नोबेल अस्पतालमा आइतबार मृत्यु भएको छ । सप्तरीको राजबिराज नगरपालिका वडा न.९ जगदरीका शम्भु यादवको छोरा ३३ बर्षिय अमित कुमार यादवको मृत्यु भएको हो ।
कोशी प्रदेशको मोरङको बिराटनगर स्थित नोवेल अस्पतालको छतबाट विहान ६ बजे लडेको डा.यादवको घटनास्थलमै मृत्यु भएको थियो । नोबेल अस्पतालमा इन्टरसीप (अभ्यास) का लागि बस्दै आएको डा. यादवको आइतबार विहान अस्पताललो तीन तल्लाबाट लडेर मृत्यु भएको परिवारले जनाएको छ ।
घटनापछि परिवारजनमा जानकारी पाएपछि घटना स्थलमा पुगी कोशी अस्पताल विराटनगरमा शव परिक्षण गरि आइतबार साँझ घर ल्याएर अन्त्येष्टी गरिएको स्थानीय सुरेन्द्र यादवले बताउनु भयो ।
उहाँका अनुसार डा. यादवले ६ महिने इन्टरशीप गरेर प्रमाणपत्र समेत लिइसकेका थिए । डा. यादवको मृत्यु भएपछि सम्पूर्ण परिवार शोकमा डुवेको छ ।
यसअघि पनि सप्तरीको खुरहुरियाको यदुनन्दन यादवको छोरा डा. बिजय यादवको सोही अस्पतालमा मृत्यु भएको भएको थियो । उनको हत्या भएको भन्दै परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।
प्रकाशित मिति: २०२५-१२-२१ , समय : २०:४०:४१ , 2 hours अगाडि