भारत र बङ्गलादेशबीच तनाव बढ्यो : संयमता अपनाइ संवादमार्फत् सम्बन्ध सुधार्न कुटनीतिज्ञको सुझाव

मिति: २०२५-१२-२४ , समय : ०९:१९:३९ , गामघर डेस्क

तस्बिर :एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
भारत र बङ्गलादेशबीचको कूटनीतिक सम्बन्ध थप चिसिएको छ । हालै बङ्गलादेशमा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक युवकको ज्यान गएको घटनाले दुई छिमेकी देशबीचको अविश्वास र तनावलाई अझ बढाएको हो ।

ढाकामा एक विद्यार्थी नेताको ज्यान गएपछि बङ्गलादेशमा भारतविरोधी भावना थप बढेको बीबीसीले जनाएको छ । दुवै देशले एकअर्काका कूटनीतिक नियोगको सुरक्षालाई लिएर आपत्ति जनाएका छन् । केही शहरहरूमा भिसा सेवा अस्थायी रूपमा बन्द गरिएको छ र उच्चस्तरीय कूटनीतिज्ञलाई बोलाएर सुरक्षा चासोबारे जानकारी गराइएको छ ।

विश्लेषकहरूका अनुसार बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाको बर्हिगमनपछि धार्मिक कट्टरपन्थी समूहहरू सक्रिय बन्दै गएका छन्, जसले अल्पसंख्यक समुदाय र नागरिक समाजमाथि दबाब बढाएको छ । यसले भारत–बङ्गलादेश सम्बन्ध मात्र नभइ, बङ्गलादेशको आन्तरिक स्थायित्वलाई पनि चुनौती दिएको छ । त्यहाँको अन्तरिम सरकारले हिंसामा संलग्न जो कोहीलाई कारबाही गरिने प्रतिबद्धता जनाएको छ ।

आउँदो फेब्रुअरीमा हुने चुनावले देशको राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । पूर्व कूटनीतिज्ञ र विज्ञहरूले दुवै देशलाई संयम अपनाउन र संवादमार्फत सम्बन्ध सुधार गर्न आग्रह गरेका छन् । उनीहरूले बङ्गलादेशको स्थायित्व भारतको क्षेत्रीय सुरक्षाका लागि पनि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै आएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२५-१२-२४ , समय : ०९:१९:३९ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित