सप्तरीको पोखरीयामा सञ्चालित सातौ मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मलिथम फुटबल क्लब उदयपुर प्रवेश

मिति: २०२६-०१-२४ , समय : २१:५७:५१ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
मलिथाम फुटबल क्लब उदयपुर सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा शनिवार सम्पन्न पहिलो क्वाटर फाइनलमा प्रोगे्रेसिभ एफसी ओद्राहा सप्तरीलाई ०–३ गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल क्लब उदयपुर सेमिफाइनल प्रवेश गरेको हो ।
खेल सुरु भएको १५ औं मिनेटमा मलिथमका दिव श्रेष्ठले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएको थियो । पहिलो हाफकै २६ औं मिनेटमा मलिथमका बिशाल चौधरीले डिबक्स बाहिरको बललाई ओद्राहाको गोलपोष्टमा जाली चुमाएपछि मलिमथलाई बलियो अवस्थामा पु¥याएको थियो । पहिलो हाफसम्म दुई गोलको अग्रता बनाएको मलिथमका दिवस चौधरीले आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गराएको थियो ।
प्रतियोगिताको दोश्रो क्वाटर फाइनलमा आइतवार इन्द्रेणी फुटबल क्लब सोमबारे फुटबल क्लब उदयपुर र शम्भुनाथ नगरपालिका फुटबल टिमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनु भयो ।
शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेता टिमले नगद ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-२४ , समय : २१:५७:५१ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित