विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्युु
मिति: २०२६-०१-२८ , समय : १६:००:२० , गामघर डेस्क
मिति: २०२६-०१-२८ , समय : १६:००:२० , गामघर डेस्क
तस्बिर : एजेन्सीबाट
गामघर डेस्क
काठमाडौं ।
विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटनालगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यस्तै विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मी र दुई जना पाइलटको पनि ज्यान गएको खबरमा उल्लेख छ ।
पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । विमान मुम्बईबाट उडेको थियो । बीबीसी हिन्दीका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको र आगो लागेको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य नेताहरूले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । एजेन्सी
प्रकाशित मिति: २०२६-०१-२८ , समय : १६:००:२० , 7 days अगाडि