मधेस प्रदेशको सिरहामा गोली हानी एक जनाको हत्या

मिति: २०२६-०१-३० , समय : २१:४७:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । अज्ञात समूहले गोली प्रहार गरी सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेका हुन् ।

सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

प्रकाशित मिति: २०२६-०१-३० , समय : २१:४७:२२ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित