सप्तरीबाट अपहरित बालिकाको सकुशल उद्धार : एकजना पक्राउ

मिति: २०२६-०२-२२ , समय : २२:०८:४६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी । सप्तरीबाट अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको हो ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अपहरण गरी फिरौती माग्ने खड्क–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

निजलाई सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो।प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी रु एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी–१ स्थित खाँडो खोलामा बोलाएका थिए।

यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएकोछ ।

प्रकाशित मिति: २०२६-०२-२२ , समय : २२:०८:४६ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित