इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने नरेन्द्र मोदी

मिति: २०२६-०२-२६ , समय : १४:३४:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । भारतका प्रधनमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सय मिलियन अर्थात १० करोड फलोअर्सको आंकडा पार गरेका छन् । उनी यो प्लेटफर्ममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बनेका छन् ।

न्युज एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदले सन् २०१४ मा इन्स्टाग्राम ‘ज्वाइन’ गरेका थिए । पछिल्लो एक दशकमा उनको अकाउन्ट विश्वका नेताहरूको बीचमा सबैभन्दा बढी सक्रिय र लोकप्रिय डिजिटल प्लेटफर्म मध्ये एक बनेको छ ।प्रमुख वैश्विक नेताहरूमा अब भारतीय प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स छन् । यो प्लेटफर्ममा उनका फलोअर्सको संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा दुई गुणा बढी छन् । एजेन्सी

प्रकाशित मिति: २०२६-०२-२६ , समय : १४:३४:४४ , 14 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित