सप्तरीको महादेवा गाउँपालिकाकाे पकरी स्थित श्री माँ भगवती काली मन्दिरमा पुजा हुने

मिति: २०२६-०३-१९ , समय : १८:३४:०४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका –१ पकरी स्थित श्री माँ भगवती काली मन्दिरमा हिन्दु धर्माबलम्वीहरुको महान चाड चैते दशैं(रामनवमी)मा २४ धण्टे ’’श्री काली दुर्गै राधेश्याम,गौरी शंकर सीताराम ’’ भन्ने महामन्त्रद्दारा अष्टयाम कार्यक्रम अगामी १३ गतेदेखि हुने भएको छ । यस वर्ष चैत १३ गते संध्यादेखि शुरु भई १४ गते संध्यामा विसर्जन हुने आयोजकले जनाएको छ । श्री श्री १०८ श्री माँ भगवती काली मन्दिर साविक पकरी गाविस ५ हाल महादेवा गा. पा. वडा नं १ पकरी सप्तरीमा विधीवत रुपले चैते दशैं(रामनवमी)मा २४ धण्टे श्री काली दुर्गै राधेश्याम,गौरी शंकर सीताराम ’’ भन्ने महामन्त्रद्दारा अष्टयाम कार्यक्रम अगामी चैत १३ गते संध्यादेखि शुरु भई १४ गते संध्यामा विसर्जन हुने भएकोले उक्त कार्यक्रममा सम्पुर्ण श्रद्धालु भक्तजन,ग्रामवासी ईष्टमित्रससमेत सम्पूर्णमा हार्दिक आमन्त्रण दाता श्री वेचन यादव एवम श्री मति भुटीदेवी यादवद्दारा गरेका छन ।
यो मन्दिरको शिलान्याश २०६१ साल गरी २०७३ असोज २४ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले एक समारोह विच उदधाटन सुसम्पन्न गर्नु भएको थियो । मन्दिरको संस्थापक दाता श्री बेचन यादव र श्री मति भुटी देवी यादवको ब्यवस्थापनमा नियमित पुजा पाठ हुदै आएको तथा बडा दशैंमा दश दिन श्री सप्तसती दुर्गापाठ एवम चैते दशैमा (रामनमवी)मा २४ धण्टे श्री काली दुर्गै राधेश्याम,गौरी शंकर सीताराम ’’ भन्ने महामन्त्रद्दारा अष्टयाम कार्यक्रम विगत १० वर्षदेखि दाता परिवारद्दारा हुदै आएको बताएको छ । यस वर्षको चैते दशैं(रामनवमी)मा २४ धण्टे श्री काली दुर्गै राधेश्याम,गौरी शंकर सीताराम ’’ भन्ने महामन्त्रद्दारा अष्टयाम कार्यक्रम पण्डित राजकुमार यादवद्दारा सुसम्पन्न हुने दाता परिवारले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०३-१९ , समय : १८:३४:०४ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित