संयासी गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधी उदयपुरलाई
मिति: २०२६-०३-२६ , समय : २१:२४:५७ , गामघर डेस्क
मिति: २०२६-०३-२६ , समय : २१:२४:५७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
‘संयासी गोल्ड कप फुटबल प्रतियोगिता २०८२ को उपाधी मलिथम एफ सी उदयपुरले प्राप्त गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित खेलमैदानमा बिहीवार सप्पन्न फाइनल खेलमा सोमबारै एफसी उदयपुरलाई ट्राईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै उपाधि मलिथमले प्राप्त गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा संयासी युवा क्लब पोखरियाद्वारा आयोजित फाइनल खेलको निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियोे ।
उपाधीसँगै मलिथम एफसीले नगद एक लाख पाँच र शिल्ड प्राप्त गरेको छ भने उपबिजेता सोमवारे एफ सीले नगद ७५ हजार पाँच र कपमा चित बुझाएको आयोजक समितिले जनाएको छ । उत्कृष्ट खेलाडी सोमबारे विवेक राईले नगद दुई हजार एक सय प्राप्त गरेको छ ।
प्रतियोगिता पश्चात् आयोजक समितिका अध्यक्ष धनीलाल चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष इन्द्रकान्त चौधरी, आयोजक समितिका सचिव श्रवण कुमार चौधरी, कोषाध्यक्ष अमित कुमार चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यही चैत ६ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सुनसरी, सिरहा, मोरङ, धनुषा र उदयपुका गरि आठ वटा टीमको सहभागिता रहेको थियोे ।
प्रकाशित मिति: २०२६-०३-२६ , समय : २१:२४:५७ , 2 hours अगाडि