इरानी सेनाको कब्जामा रहेका नेपाली युवक अमृत झा रिहा

मिति: २०२६-०४-१६ , समय : ०७:४८:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । इरानी सेनाले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई बुधबार रिहा गरिएको हो ।रिहाइबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले इरानस्थित नेपाली कन्सुलरमार्फत पुष्टि भएको बताए। सरकारी अधिकारीहरूले झाको परिवारलाई पनि रिहाइबारे जानकारी गराइसकेका छन् । झा दुबईमा रहेको ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत थिए ।उनी इन्धन लिन इरान पुगेका बेला फर्किने क्रममा नियन्त्रणमा परेका थिए। एजेन्सी

प्रकाशित मिति: २०२६-०४-१६ , समय : ०७:४८:३४ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित