सप्तरीमा अपहरणपछि गोली प्रहार गरेको आरोपमा ५ जना पक्राउ

मिति: २०२६-०५-०७ , समय : २२:३६:३० , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सिरहा लहान नगरपालिका वडा न.१० का ४७ बर्षिय मो.सदाम र सोही स्थानका बर्ष ६० को मो. ताहिर मियाँलाई अपहरणपछि गोली प्रहार गरि घाइते बनाएको आरोपमा सप्तरी प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार उक्त घटनामा संलग्न सप्तरीका विभिन्न स्थानका उहाँहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रुपनी गाउँपालिका ५ का ४३ बर्षिय हजरत मियाँ,राजगढ गाउँपालिका ६ का ४५ बर्षिय मंजित मियाँ, खडक नगरपालिका ५ खरचुहियाका सुलेमानको श्रीमती ४२ बर्षिया मिना खातुन, सोही नगरपालिका ६ विरपुरका ४८ बर्षिय मुमताज मियाँ र सुरुङ्गा नगरपालिका ३ का ३५ बर्षिय उपेन्द्र मोची पक्राउ परेका छन् ।
गत २०८२ माघ ४ गते खडक नगरपालिका ५ खरचुहियाका सुलेमानको श्रीमती ४२ र्बिर्षया मिना खातुनको घरमा जमिन खरिद गर्न आएका सदाम र ताहिरलाई अपहरण गरि रकम लुटेर गोली हानी घाइते बनाएको आरोपमा उहाँहरुलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
मिना खातुन सहित पक्राउ परेका पाँचैजना विरुद्ध अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
पक्राउ पार्ने मध्ये खडक नगरपालिका विरपुरका मुमताज मियामाथि १३ वटा ठगी सम्बन्धि मुद्दा रहेको तथा सुरुङ्गा नगरपालिका वडा न.३ का उपेन्द्र मोचीमाथि ज्यान सम्बन्धि कसुरको मुद्दा समेत रहेको सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
मम्ताज विरुद्ध स्नेह कुमार चौधरी,महेन्द्र प्रसाद माझी,संतोष कुमार चौधरी, मो.जालम, मनोज राय, हरिलाल मुखिया, भरत कुमार ठाकुर,महेश कुमार यादव,ग्यानेश्वर प्रसाद माझी, विजय यादव,रामसेवक मोची,मो.नौसाद अली, हेमशंकर साहले ठगी मुद्दा दर्ता गराएका थिए । तर उहाँ फरार रहेका थिए ।
यसैगरी उपेन्द्र मोची विरुद्ध रामविलाश मोचीले ज्यान सम्बन्धि कसुर मुद्दामा जाहेरी दर्ता गराएपनि उहाँ फरार थिए ।

प्रकाशित मिति: २०२६-०५-०७ , समय : २२:३६:३० , 2 hours अगाडि