सप्तरीमा पुरानो रिसिभिका कारण एक युवकलाई निर्घात कुटपिट
मिति: २०२६-०५-१७ , समय : १६:०६:२९ , शुभ नारायण यादव मलाकार
मिति: २०२६-०५-१७ , समय : १६:०६:२९ , शुभ नारायण यादव मलाकार
तस्बिर : गामघर टिभि
शुभ नारायण यादव मलाकार
राजविराज । सप्तरीको राजगढ गाउपालिका वडा न. ४ पिपरा निवासी ३८ बर्षिय ओम प्रकाश यादवमाथि निर्घात कुटपिट गरिएको छ । स्थानीय महेश यादव , उनका छाेरा मुन्ना यादव र श्रीमती पवन देवी यादव समेतले घरायसी विवाद तथा पुरानो रिसिभिका कारणले घर नजिकै बाटाेमा मर्नासन हुने गरि कुटपिट गरेको पिडितले बताएका छन ।
घरायसी हतियारले निर्घात कुटपिट गरेपछि गम्भीर घाइते यादवकाे तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरेपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि न्युराे अस्पताल विराटनगर लगिएको तथा १८ वटा टाका ठाउकाेमा लगाइएको पिडितका परिवारजनले बताएका छन । यता कुटपिट गर्नेमाथि आवश्याक कानुनी कार्वाहीकाे लागि पिडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएको छ ।
प्रकाशित मिति: २०२६-०५-१७ , समय : १६:०६:२९ , 18 hours अगाडि