सप्तरीको जनचेतना माविमा मनाइयो स्वर्ण महोत्सव

मिति: २०२६-०५-१९ , समय : ०७:३०:१६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
श्री जनचेतना माद्यामिक विद्यालय अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा न. १ घोघिदाहा भवानीपुर स्वर्ण महोत्सव मनाइएको छ । श्री जनचेतना मावि स्वर्ण महोत्सव २०८२ मुल आयोजक समितिद्वारा सोमबार आयोजित एक समारोहका वीच महोत्सव उद्घाटन गरिएको हो ।
मुल आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले गमलामा बृक्षरोपण गरि महोत्सवको उद्घाटन गरेका छन।
महोत्सव उद्घाटन गर्दै अध्यक्ष चौधरीले पालिकामै ऐतिहाँसीक पहिलो पटक स्वर्ण महोत्सव आयोजना गरेको प्रति खुशी हुँदै अन्य विद्यालयहरुको लागि पनि सिकाई भएको बताउनु भयो । महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै उहाँले महोत्सवलाई सभ्यभव्य पूर्वक सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
उपाध्यक्ष कल्पना कुमारी चौधरीले महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयम थपिने विश्वास व्यक्त गरिन । महोत्सवको अवसरमा विज्ञान प्रदर्शनीसहितका अन्तर विद्यालय स्तरीय क्रियाकलापले गाउँपालिकाका विद्यालयहरुको शैक्षिक मापन समेत हुने बताउँदै उनले यसले शैक्षिक क्षेत्रको सुधारका लागि मार्गदर्शन गर्ने उल्लेख गरिन ।
महोत्सव सफलताका लागि गाउँपालिकाले गरेको सहयोगको प्रतिबद्धता पूरा गर्ने विश्वास दिलाउदै उहाँले स्वर्ण महोत्सव स्तम्भ निर्माणका लागि गाउँपालिकाले दिएको आश्वासन अनुसारको बजेट समेत निर्धारण गरेको जानकारी दिइन् ।
गाउँपालिकाका पुर्व अध्यक्ष परशुराम चौधरीले स्वर्ण महोत्सवले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गर्ने बताउँदै मर्यादित र गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताउनु भयो । शिक्षालाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिदै उहाँले गाउँपालिकाको शैक्षिक गुणस्तर उकास्न नवीन सोच र योजना ल्याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा पत्रकार बृजमान तामाङ ,महिकर श्यामा माद्यामिक विद्यालय प्रशवनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर प्रसाद सिंह, श्री ठाकुरजी माद्यामिक विद्यालय जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा विद्यालयले जेठ ४ गतेदेखि ९ गतेसम्म विज्ञान प्रदर्शनी, बक्तृत्वकला, हाजिरी जवाफ, गीत तथा नृत्य,खेलकुद प्रतियोगिता, स्मारिका प्रकाशन तथा स्वर्ण महोत्सव स्तम्भ अनावरण, विभिन्न व्यक्तित्व सम्मानसहित विभिन्न कार्यक्रम आयोजना गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैना देवी सिंहले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२६-०५-१९ , समय : ०७:३०:१६ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित