सप्तरीमा झण्डै १ लाख भन्दा बढीको अबैध किराना सामान बरामद

मिति: २०२६-०७-०१ , समय : ०९:०६:२० , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
सिमा नाकाबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको १ लाखभन्दा बढीको किराना सामान प्रहरीले बरामद गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ स्थित हुलाकी सडकखण्डको अर्नाहा चौकबाट सोमबार साँझ प्रहरीले १ लाख ४ हजार बराबरको अबैध किराना सामान बरामद गरेको हो ।
भन्सार छली चोरी पैठारी गरि बिआर ०७ भि ८६७१ नम्बरको भारतीय मोटरसाइकलसहित भारतबाट ल्याएको विभिन्न किराना सामाना बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेको मोटरसाइकल तथा किराना सामान आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०७-०१ , समय : ०९:०६:२० , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्