मधेस प्रदेश :१२ हजार घुस लिँदै गर्दा वन अधिकृत रंगेहात पक्राउ
मिति: २०२६-०७-०८ , समय : ०७:४१:५० , गामघर डेस्क
मिति: २०२६-०७-०८ , समय : ०७:४१:५० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुस लिइरहेको अवस्थामा सिरहाका एक वन अधिकृतलाई रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख रामकेवल राय यादव रहेका छन्।उनलाई मंगलबार सिरहाको कर्जन्हा नगरपालिका–४ बाट १२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै यादवले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।घुस मागिएको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी दिएपछि आयोगले योजनाबद्ध रूपमा अनुसन्धान अघि बढाएको थियो।
आवश्यक प्रमाण संकलनपछि यादवलाई घुस रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।पक्राउपछि घटनास्थलमै मुचुल्का तयार गर्ने लगायतका कानुनी प्रक्रिया जारी रहेको छ।
प्रकाशित मिति: २०२६-०७-०८ , समय : ०७:४१:५० , 2 hours अगाडि