२१ वर्षीया युवतीलाई जबरजस्तीकरणी : मुख्य अभियुक्तसहित तीन जना पक्राउ

मिति: २०२६-०८-०५ , समय : ०७:४१:३५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

विराटनगर । २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षीय डम्बर खतिवडालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। डम्बरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत नियन्त्रणमा लिएको छ।घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-०५ , समय : ०७:४१:३५ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित