धनुषा जिल्ला अदालत अगाडि मिटरब्याजपीडित महिलाले गरिन आत्मदाहको प्रयास
मिति: २०२६-०८-१२ , समय : १४:०६:०२ , गामघर डेस्क
मिति: २०२६-०८-१२ , समय : १४:०६:०२ , गामघर डेस्क
तस्बिर : निकेश शाहकाे सहयोगमा
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि एक मिटरब्याजपीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
मिटरब्याजसम्बन्धी मुद्दामा हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालत परिसरमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकै क्रममा अदालतको मुख्य गेटअगाडि पुगेकी रजकले साहद्वयलाई कारबाही गर्नुपर्ने माग राख्दै शरीरमा पेट्रोल छर्किएकी थिइन्। 
शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको प्रहरीले जनाएको छ।
घटनापछि धनुषा जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
प्रकाशित मिति: २०२६-०८-१२ , समय : १४:०६:०२ , 54 minutes अगाडि