सप्तरीमा हत्या आरोपमा १४ वर्ष पछि एक जना पक्राउ
मिति: २०२६-०८-१३ , समय : २२:१०:५६ , गामघर डेस्क
मिति: २०२६-०८-१३ , समय : २२:१०:५६ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तरीमा बिष खुवाएर बुहारीको हत्या आरोपमा एक जना प्रतिवादीलाई प्रहरीले १४ वर्ष पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ काचन का ५५ वर्षीय बद्री दास छन् ।
ससुरा दासले बुहारी २५ वर्षीया शिबकुमारीलाई छोरी मात्र जन्माएको निहुँमा जर्वजस्ती बिष खुवाई मारेको प्रहरीले जनाएको छ ।
गत २०७७ साल कात्तिक १७ गते राति १२ बजेतिर बुहारीलाई विष खुवाएर ज्यान लिई फरार भएका बद्रीलाई काचनबाटै पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनु भयो ।
यता मृतकका बुवा कंचनरुप नगरपालिका ३ का ४३ वर्षीय रामदेव दासको जाहेरीले उहाँलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०८-१३ , समय : २२:१०:५६ , 1 hour अगाडि