सप्तरीमा दुई वर्षीया बालिकाको हत्या : हत्या आरोपमा आमा नै पक्राउ
मिति: २०२६-०८-२३ , समय : १६:२६:५६ , गामघर डेस्क
मिति: २०२६-०८-२३ , समय : १६:२६:५६ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
राजविराज ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.३ मा दुई वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन् । खोजीका क्रममा करिब दुई घण्टापछि उनको शव घरपछाडिको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत अथवा घरायसी रिसइबीका कारण हत्या भएको आशंका गरिएको छ । यता पक्राउ परेका साेतेनि आमा नै रहेको तथा उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०८-२३ , समय : १६:२६:५६ , 15 minutes अगाडि