इन्सेकद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनचेतनामूलक सडक नाटक
मिति: २०२४-०१-११ , समय : १०:४२:२२ , गामघर डेस्क
मिति: २०२४-०१-११ , समय : १०:४२:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.१० स्थित पुरबिया टोलकाे स्वास्थ्य चौकी प्राङ्णमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेकाे छ।
हिरा फेक्नी माध्यमिक विद्यालय बनौलामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूलाइ साे जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हाे । बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल बिवाह, दाइजो प्रथा, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्नुका साथै ती असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई समेत बालबालिकाहरूले साे नाटकको माध्यमद्वारा त्यहाँ उपस्थित स्थानीय दर्शक तथा समुदाय समक्ष प्रस्तुत गर्दै बौद्धिक वर्ग, समाजसेवी, शिक्षक तथा सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा मानव अधिकार समुहको अध्यक्ष राम चन्द्र मण्डल,समुह कोषाध्यक्ष मो.मुसा अन्सारी , सि.अ.न.मी. रेणु कुमारी चौधरी,संरक्षक शिक्षक मनोज कुमार चौधरी,शिक्षक आनन्द राउत, समुदायका अगुवा तथा सप्तरी जिल्ला सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियोे ।
उत्त टोलको कार्यक्रममा सहभागी श्याम कुमार राउतले छोरा छोरी र महिलामा हुने सबै खालको हिंसामा सचेतका लागी शिक्षामा सबैको पहुँचले मात्र स्वच्छ नागरिकको निर्माण हुने अधिकारबारे जानकारी हुने बताएका छन। कार्यक्रममा सहभागी सजदा खातुनले यस्तो कार्यक्रमले हामी छोरीहरूप्रति हुने भेदभाव र लैंगिक हिसांबारे प्रदर्शनले देख्दा म भावुक समेत भएकाे उनलेे बताए ।
यस्ता कर्यक्रमले हाम्रो समाजमा भएको बास्तबिक ऐना देखाएको छ थोरै भए पनि छोरी र महिला हिंसाप्रति नागरिक समाजको ध्यान जानेछ र
साथै प्रस्तुत सडक नाटकको प्रशंसा र सहभागी बालबालिका तथा समूहलाई धन्यवाद समेत ब्यक्त गरेका छन ।
उत्त कार्यक्रम पश्चात बालबालिकाहरूको आन्तरिक क्षमता बढने र बालबालिकाहरूले आफ्नो अधिकारबारे बुझने र बुझाउन सक्न संरक्षक शिक्षक मनोज कुमार चौधरीकाे भनाइ छ ।
यस्ता कार्यक्रमले मानब अधिकार, बाल अधिकार, महिला हिंसा,बिरूद्धप्रति सामाजमा बैधिक बिकास हुने मानव अधिकार समुह अध्यक्ष राम चन्द्र मण्डलकाे भनाइ रहेको छ ।
सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समुहका अध्यक्ष अरूण कुमार साह, रूपेश साह, देवकान्त प्रसाद साह , पारसमणि माझी,रोशन राउत, मनिषा रजक, पवन कुमार साह, श्याम कुमार साह,रिया चौधरी, सपना माझी, सृष्टि साह, पुजा मुखिया, दिपमाला पैकरा,माे.मुखतार लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०१-११ , समय : १०:४२:२२ , 2 years अगाडि