मैथिली तथा भाेजपुरी भाषाकाे फिल्म त्रास असारमा प्रदर्शन हुने
मिति: २०२५-०६-०७ , समय : १५:३६:४६ , शुभ नारायण यादव
मिति: २०२५-०६-०७ , समय : १५:३६:४६ , शुभ नारायण यादव
शुभ नारायण यादव
काठमाडौं । शर्मा क्रियशनकाे प्रस्तुतिमा मैथिली तथा भाेजपुरी भाषाकाे फिल्म त्रास एक खैाफ असार महिनामा प्रदर्शन हुने भएको छ । अहिले हाम्रो समाजमा घटि रहेको घटना तथा जातिय विभेद र बर्तमान अवस्थामा आधारित मैथिली तथा भाेजपुरी भाषाकाे फिल्म त्रासकाे प्रदर्शनीकाे तयारी अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक निराजन मेहता मन्जितले जानकारी दिनुभयो । सप्तरी , सुनसरी , जनकपुर लगायत मधेस प्रदेशको विभिन्न स्थानमा छायांकन गरिएको उक्त फिल्ममा मधेस प्रदेश तथा मिथिलान्चलका सु प्रसिद्ध गायकहरु सन्नु कुमार , कैलास झा , खुश्बु जैन ,अनु राज , प्रिया जैसवालकाे सु मधुर स्वर रहेको छ । गामघर टिभि मिडिया पार्टनर रहेको उक्त फिल्मकाे निर्माता श्रृजन ढुङ्गाना यादब , राम जानकि र गिता देवि मेहता रहेको छ भन्ने सह निर्माता सन्जित कुमार यादब र गुरुदयाल कुश्वाहा तथा लेखक एवम् निर्देशक निराजन मेहता मन्जित रहेको छ ।
यस्तै भाेजपुरीका सुपर हिट महानायक आयाज खानकाे समेत भुमिका रहेको छ । प्रकाश झा , अमन झा , अग्नि बिक्रम बिक , अशाेक कुमारकाे म्युजिकमा तयार भइरहेको उक्त फिल्म गरिब , निमुखा जनतामाथि हुने अन्याय र अत्याचारमा आधारित रहेको मैथिली तथा भाेजपुरी भाषाकाे फिल्म रहेको निर्देशक मेहताले जानकारी दिनुभयो ।
स्मरण रहाेस , सप्तरीको तिरहुत गाउपालिकाकाे डिमन निवासी निराजन मेहता मन्जित मधेस प्रदेश तथा मिथिलान्चलमा नियमित रुपमा विभिन्न बाधा झेल्दै फिल्म क्षेत्रमा काम गर्दै आइरहनु भएको छ ।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : १५:३६:४६ , 1 week अगाडि