काठमाण्डौ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

मिति: २०२५-०६-११ , समय : १६:४८:२५ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा आज मुद्दा दर्ता गरेको छ ।

परियार अहिले सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । त्यसैगरी काठमाण्डौ महानगरपालिकाका निर्देशकद्वय रबीनमान श्रेष्ठ, बसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जर्नादन गिरीलाई अख्तियारले मुद्दा दर्ता गरेको हो । अख्तियारले चार करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

काठमाण्डौ महानगरपालिकाले सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्ेहीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । त्यही उजुरीका आधारमा गरेको अनुसन्धानबाट भ्रष्टाचार हुन गएको देखिएकाले विषेश अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-११ , समय : १६:४८:२५ , 7 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित