सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै प्रदर्शन

मिति: २०२५-०९-२८ , समय : २१:०८:५० , देबराम याादव

तस्बिर : देबराम / गामघर टिभि

देबराम याादव

राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै स्थानीयले शनिबार प्रदर्शन गरेका छन् । गाउँपालिका चलाउन असक्षम भएको आरोप लगाउँदै उनीहरुले जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्ध संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा ‘भ्रष्ट अध्यक्ष राजिनामा दे, जडिया अध्यक्ष राजिनामा दे, असक्षम जनप्रतिनिधिहरु राजिनामा दे, सुशासन कायम गर, जडिया अध्यक्ष मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन ।
बेथिति विसंगति विरुद्ध संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरीले गाउँपालिकाका जनप्रतिनिधिहरु पूर्ण रूपमा असक्षम भएको भन्दै अविलम्ब राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले दशै जस्तो पर्वमा कर्मचारीहरुलाई तलबभत्ता खुवाउन नसकेको भन्दै आक्रोश पोखेका थिए । उहाँले भ्रष्ट अध्यक्ष जडिया अध्यक्ष दिनानाथ चौधरीले पालिकालाई बदनाम गरेको तथा कर्मचारीहरुलाई फुटाएको आरोप लगाउँदै राजिनामा नदिएसम्म जनप्रतिनिधिहरुले चढ्ने गाडी जाँहा भेटिए त्य्ही आगजनी गर्ने बताउनु भयो ।
यसअघि अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले जनप्रतिनिधिहरु असक्षम भएकोले राजिनामा माग गर्ने, सुशासन कायम गर्नुपर्ने, भ्रष्ट जनप्रतिनिधि तथा कर्मचारीहरुमाथि छानवीन गरि कारबाही गर्नुपर्ने लगायतका माग राखी आइतबारदेखि अनिश्चितकालीन धर्नासहितको सशक्त आन्दोलनमा गर्ने निर्णय गरेको संघर्ष समितिका सचिव मिलन चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०९-२८ , समय : २१:०८:५० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित