उच्च अदालत जनकपुर राजविराज इजलासका नवागन्तुक न्यायाधीशहरुलाई स्वागत
मिति: २०२५-१०-१७ , समय : ०८:१२:२५ , गामघर डेस्क
मिति: २०२५-१०-१७ , समय : ०८:१२:२५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यााधीश सुभाष पौडेल सहित नवागन्तुक उच्च तथा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरूलाई स्वागत गरिएको छ। नेपाल उच्च अदालत बार एशोसिएसन राजविराजद्वारा दीपावली छठ पर्वको अवसरमा राजविराजमा बिहीवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवाग्नतुक न्यायाधीशहरूलाई स्वागत गरिएको हो ।
कार्यक्रममा उच्च अदालत बार एशोसिएसन जनकपुर – राजविराजका अध्यक्ष हरेराम यादवले नवागान्तुक न्यायाधीशहरूलाई खादा र माला लगाएर सम्मान गर्नु भयो ।
प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल सेवा ग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न पछि नपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्य्यक्षतामा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश सुभाष पौडेल, न्यायधीश राम बहादुर थापासहित सात तथा जिल्ला अदालतका २ जना नवागन्तुक न्यायाधीशहरूलाई स्वागत गरिएको अध्यक्ष यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा उच्च अदालतका विशिष्ट अतिथि न्यायधीश राम बहादुर थापा, रजिस्ट्रार लोकनाथ पराजुली, सप्तरी जिल्ला अदालतका श्रेस्तेदार श्यामहरी अधिकारी, वरिष्ठ अधिवक्ता भानुभक्त निरौला,महेन्द्र चौधरी, देवनारायण यादव,बोधकृष्ण भगत, देवनारायण यादव,रामजी साह, कृष्णानन्द देव,सुजित पोखरेल, उच्च अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष हेमनारायण चौधरी,रमानन्द साह,श्यामनारायण साह,अधिवक्ता राजेन्द्रप्रसाद देव लगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २०२५-१०-१७ , समय : ०८:१२:२५ , 1 day अगाडि