यादब सेवा समितिको २९औं वार्षिक साधारण सभा : विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान
मिति: २०२५-१०-२२ , समय : २२:०९:१७ , गामघर डेस्क
मिति: २०२५-१०-२२ , समय : २२:०९:१७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
गोवर्धन पूजाको अवसरमा यादब सेवा समिति केन्द्रीय कार्यालय राजविराजले २९औं वार्षिक साधारण सभामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरेको छ ।
राजविराज ९ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा बुधवार सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष गंगाराम यादवले समाज र समुदायका लागि उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको हो ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, डाक्नेश्वरी नगरपालिका उपप्रमुख मिरा यादव, महादेवा गाउँपालिका उपाध्यक्ष अर्चना यादव, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, हनुमाननगर कंकालिनी नगरपालिका उपप्रमुख सरिता देवी यादव, तिरहुत गाउँपालिका उपाध्यक्ष बिना यादव लगायतका जनप्रतिनिधिहरू सम्मानित भएको छ ।
पत्रकारितातर्फ पत्रकार चन्दनकुमार यादवलाई सञ्चारमार्फत समाज सचेतनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो।
त्यस्तै, बृद्विजीवी तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउने डा. कालीप्रसाद यादव, डा. सत्यनारायण यादव, अवकाशप्राप्त शिक्षक नागेन्द्र प्रसाद यादव, तथा शिक्षक महासंघका प्रदेश अध्यक्ष परशुराम यादव सम्मानित भएको छ ।
समाजसेवीतर्फ छिन्नमस्ता डेरी उद्योगका सञ्चालक सुरेन्द्र प्रसाद शर्मा, कथावाचक पंडित शास्त्री रामकुमार यादव, मैथिली गायक सोनु कुमार, केशव कर्ण र न्यू अफसेट प्रेसका बालेश्वर यादव सम्मानित भएका थिए।
कानुनी क्षेत्रमा योगदान पु¥याउने अधिवक्ता तथा पुनरावेदन बार एशोसिएशन इकाई अध्यक्ष हरेराम यादव, लेखापढि कानुन व्यवसायी संघ सप्तरीका अध्यक्ष श्रीलाल यादव, सचिव बद्री नारायण यादव, बसन्त यादव र सुदीप यादव लाई पनि सम्मान गरिएको थियो । यस्तै महिला मण्डलीतर्फ मीना वर्मा र चन्देश्वरी देवी यादव सम्मानित भएका थिए।
उक्त कार्यक्रममा पुर्वमन्त्री उमेशकुमार यादवले यादब, प्रदेश सभा सदस्य अनिरुद्ध यादव, रूपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, विभिन्न पालिकाका उपाध्यक्ष÷उपप्रमुख, जनप्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२५-१०-२२ , समय : २२:०९:१७ , 6 hours अगाडि