जहा इक्क्षा , त्यहाँ उपाय : ९ घण्टा ज्याला मजदुरी गरेर पनि MBBS मा नाम निकाल्न सफल सत्यनारायण साफि

मिति: २०२५-१२-२८ , समय : ०६:४९:५८ , ओम प्रकाश मण्डल

तस्बिर : सामाजिक सन्जालबाट

ओम प्रकाश मण्डल

सिरहा । मधेस प्रदेशको सिराहा जिल्लाको बरियारपट्टि गाउँपालिका वडा नम्बर २ का सत्य नारायण साफीको जीवनकथा केवल सफलताको कथा होइन, यो इच्छाशक्ति, परिश्रम र अठोटको जीवित प्रमाण हो।
आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नै खर्च टार्न उनी हरेक दिन करिब ९ घण्टा ज्याला मजदुरी गर्न बाध्य थिए। थुप्रैका लागि यति समय मजदुरी गरेपछि पढाइ सम्भव नहोला भन्ने लाग्छ, तर सत्य नारायणले यही धारणालाई गलत सावित गरे।

२४ घण्टामध्ये २० घण्टा पढाइमा समय दिँदापनि नाम निकाल्न नसकिने MBBS जस्तो कठिन प्रतिस्पर्धामा उनले दिनभर मजदुरी र बाँकी समय निरन्तर अध्ययन गर्दै MBBS Full Scholarship मा नाम निकाल्न सफल भए। समय कम थियो, साधन सीमित थिए, शरीर थाकेको हुन्थ्यो, तर सपना जि’उँदो थियो र इच्छाशक्ति अडिग।
उनको सफलताले स्पष्ट पार्दछ कि यदि लक्ष्य स्पष्ट छ, मनैबाट केही गर्ने अठोट छ र मेहनतसँग सम्झौता गरिँदैन भने असम्भव भन्ने शब्द केवल बहाना मात्र हुन्छ। सत्य नारायण साफी आज संघर्ष गरिरहेका हजारौँ युवाका लागि प्रेरणाको उज्यालो बनेका छन्।
सत्य नारायण साफीलाई उज्ज्वल भविष्यको शुभकामना ।

प्रकाशित मिति: २०२५-१२-२८ , समय : ०६:४९:५८ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित