चिसाेबाट जाेगिन सशस्त्र प्रहरीद्वारा सप्तरीको डाक्नेश्वरीमा कम्बल बितरण
मिति: २०२६-०१-०९ , समय : १७:४६:५५ , गामघर डेस्क
मिति: २०२६-०१-०९ , समय : १७:४६:५५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.५ स्थित सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म पातोद्वारा विपन्न,असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ ।
गुल्मले २५ औं सशस्त्र प्रहरी दिवस–२०८२ को अवसर पारेर नगरपालिका अन्तर्गतको विपन्न वर्ग मध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई जाडोको समयमा शीतलहरबाट बच्न न्यानो कम्बल वितरण गरेको हो ।
गुल्मका प्रमुख राजु थापाले २० जना विपन्न वर्ग मध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई न्यानौ कम्बल बितरण गरिएको बताउनु भयो ।
उहाँले जाडोको समयमा शीतलहर एवम विभिन्न प्रकारका दैवी प्रकोपवाट बच्न र सीमा क्षेत्रमा शान्ति सुरक्षामा जिम्मेवारी पूर्वक सेवामा लागि परेको बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०१-०९ , समय : १७:४६:५५ , 6 days अगाडि