सप्तरीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला
मिति: २०२६-०१-१० , समय : ०९:३७:०२ , गामघर डेस्क
मिति: २०२६-०१-१० , समय : ०९:३७:०२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा न.१२ धरमपुरमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।
शुक्रबार साँझकाे समयमा स्थानीय मोहन खड्काको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको शौचालयको दाहिनेपट्टि अन्दाजी एक–दुई दिनको नवजात बालिका रोइरहेको अवस्थामा फेला परेको हो। सालनाल काटिएको, डाइपर लगाइएको र कपडाले बेरेको अवस्थामा शिशु फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय ठेलियामा जानकारी गराएका थिए।
सूचनापछि इलाका प्रहरी कार्यालय ठेलियाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा तालुक इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
यता प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने नवजात शिशुलाई हाल मोहन खड्काको घरमा सुरक्षित राखिएको छ। शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०१-१० , समय : ०९:३७:०२ , 6 days अगाडि