भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु
मिति: २०२६-०१-१३ , समय : १५:१७:०६ , गामघर डेस्क
मिति: २०२६-०१-१३ , समय : १५:१७:०६ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विक रहेका छन् ।
सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट आगलागी हुँदा उक्त घटना घटेको थियो ।मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको र आगलागीमा केही घरसमेत जलेका छन्।दुबै परिवार रोजगारीको सिलसिलामा २ वर्षअघि मात्रै भारत गएका थिए। एजेन्सी
प्रकाशित मिति: २०२६-०१-१३ , समय : १५:१७:०६ , 2 days अगाडि