नेपाली कम्युनिष्ट पार्टीकाे गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला

मिति: २०२६-०१-२६ , समय : २२:१५:०२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरी क्षेत्र नं २ आगामी फागुन २१ निर्वाचनको लागी नेपाली कम्युनिष्ट पार्टी महादेवा गाउँपालिकाको गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला एक कार्यक्रम विच सोमवार वडा ६ स्थित ढिकलीमा सम्पन्न भएको छ । सो भेलालाई नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य तथा उम्मेदवार सूर्यनाथ प्रसाद यादव (सुभाष)ले संघीयता,समाबेशी,लगायत सुशासन,विकास र समृद्धि नचाहने विरुद्ध मताधिकार गर्न आमजनतामा आग्रह गर्नु भएका छन् ।
उहाँले गणतन्त्र , संघीयता ,समानुपातिक / समावेशी पहिचानको लागि आन्दोलनरत पक्षको चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह गर्नु भयो । यादवले व्यवस्था परिबर्तन गर्न १० वर्षे महान जनयुद्ध मार्फत परिवर्तन ल्याउन मुक्तिया मृत्यु ल्याउन क्रान्तिमा हिडे त्यस पार्टीका योद्धालाई आफनो अमुल्य मत दिएर विजय बनाउन आग्रह गर्नु भयो । अहिले जेनजीले उठाएको सबै माग नेपाली कम्युनिष्ट पार्टीले विगतदेखि नै उठाएको मागं रहेको बताउनु भयो ।
सोही भेलामा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यद्वय अशोककुमार मण्डल(अमर),शिवराम यादव,सप्तरी–काठमाण्डौं सम्पर्क समन्वय समितिका संयोजक शैलेन्द्र यादव,बद्री नारायण माझी लगायत नेपाली कम्युनिष्ट पार्टीका उम्मेवारलाई तारा चिन्हमा आफनो अमुल्य मत दिएर विजय बनाउन आग्रह गर्नु भयो । सो अवसरमा पार्टीको केन्द्रिय सदस्य लक्ष्मी चौधरी, पार्टीका प्रकाशन तथा प्रसारण विभागका सदस्य पत्रकार देवराम यादव, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिपेन्द्र माझी,पार्टीका नेता बासुदेव यादव, गापा २ न.ं वडाध्यक्ष रामकुमार यादव,मुसलिम संधका जिल्ला संयोजक मो.डोमन,जय नारायण अधिकारी,भागवत साह,उमेश यादव,अरुण यादव,रामचन्द्र मण्डल,राम ना .सरदार, लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-२६ , समय : २२:१५:०२ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित