मधेस प्रदेशको सिरहामा गोली हानी एक जनाको हत्या
मिति: २०२६-०१-३० , समय : २१:४७:२२ , गामघर डेस्क
मिति: २०२६-०१-३० , समय : २१:४७:२२ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । अज्ञात समूहले गोली प्रहार गरी सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेका हुन् ।

सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।
अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।
प्रकाशित मिति: २०२६-०१-३० , समय : २१:४७:२२ , 1 month अगाडि