जन अधिकार पार्टीका अध्यक्ष शरद सिंह यादवले प्रतिबद्धता पत्र सार्वजनिक गरे
मिति: २०२६-०२-०३ , समय : १७:११:३४ , गामघर डेस्क
मिति: २०२६-०२-०३ , समय : १७:११:३४ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
जन अधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र –२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले आफ्नो विकाससम्बन्धी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
जारी गरिएको प्रतिबद्धता–पत्रमा यादवले क्षेत्रको समग्र विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताउनु भएका छन् । उहाँले राजविराज तथा आसपासका क्षेत्रको ऐतिहासिक, राजनीतिक र सामाजिक महत्व उल्लेख गर्नुहुर्दै राजविराज नेपालकै पहिलो योजनाबद्ध सहर भएको दाबी गर्नु भएका छन् ।
यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भएका छन् । उहाँका प्रमुख एजेन्डामा सरकारी अस्पतालको स्तरोन्नति तथा स्वास्थ्य सेवामा सुधार, धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, सीमा क्षेत्रको व्यवस्थित व्यवस्थापन, कृषि तथा सिँचाइ सुधार, गुणस्तरीय शिक्षा, पुस्तकालय स्थापना तथा युवाका लागि रोजगारी सिर्जना गर्ने रहेका छन् ।
विगतदेखि नै जनताको हक–अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुहुर्दै यादवले जनताको अभिमत प्राप्त भएमा क्षेत्रको समग्र विकासका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताउनु भएका छन् । उहाँले निर्वाचनमा आफुलाई मतदान गरी विजयी गराउन मतदातासमक्ष अपिल समेत गर्नु भयो ।
प्रकाशित मिति: २०२६-०२-०३ , समय : १७:११:३४ , 16 hours अगाडि