विद्यार्थी र विद्यालयका प्रशासनबिच सहमतिपछि माबि कुपहीमा लगाएको ताला खुल्यो
मिति: २०२६-०३-२६ , समय : २१:३६:१० , गामघर डेस्क
मिति: २०२६-०३-२६ , समय : २१:३६:१० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.६ स्थित रहेको जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीमा लगाएको ताला खुलेको छ । पीडित विद्यार्थी र विद्यालयका प्रशासन वीच भएको सहमतिपछि १ हप्तादेखि लागेको ताला खोलिएको हो ।
प्राविधिक तहमा अध्यनरत विद्यार्थी अंशु कुमार मण्डलले विद्यालयले आफुलाई परिक्षाबाट बन्चित गरेको भन्दै गत फागुन २९ गते विद्यालयमा तालाबन्दी गरेका थिए ।
आन्दोलनरत पक्ष र विद्यालय प्रशासनको संयुक्त बैठकले परिक्षाबाट बन्चित विद्यार्थी मण्डललाई एक बर्षको क्षतिपूर्ति दिने र प्रवेश परिक्षा निशुल्क गर्ने निर्णय भएपछि ताला खोलिएको आन्दोलनरत विद्यार्थी मण्डलले जानकारी दिनु भयो ।
मण्डलले तोकिएको ५ सय रुपैयाँ मात्र शुल्क बुझाउने अडान लिएपछि विद्यालयले २ हजार ५ सय शुल्क दावी गर्दा उहाँ परिक्षाबाट बन्चित भएका थिए । थप रकम बुझाउन नसक्ने भनेपछि मण्डललाई विद्यालय प्रशासनले गलहत्याएर कक्षा कोठाबाट निकालेको पीडितको आरोप छ ।
आफूलाई विद्यालय प्रशासनबाटै दुव्र्यवहर गरेको तथा रजिष्टेशन फारम समेत भर्न नदिंदा परिक्षाबाट बन्चित भएको भन्दै उहाँ संगै सोही विद्यालयका विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।
प्रकाशित मिति: २०२६-०३-२६ , समय : २१:३६:१० , 3 hours अगाडि