सप्तरीको राजविराजमा सन्चालित प्रधानमन्त्री कप महिला छनोटमा कंकालनी काइन्डस
मिति: २०२६-०४-२५ , समय : २१:१८:२७ , गामघर डेस्क
मिति: २०२६-०४-२५ , समय : २१:१८:२७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजबिराजस्थित पविमाबि क्रिकेट मैदानमा प्रधानमन्त्री कप जिल्ला स्तरीय महिला क्रिकेट खेलाडी छनोट प्रतियोगिताको उपाधि कंकालनी काइन्डसले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा कंकालनी काइन्डसले राजदेवी रोजलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको कंकालनी काइन्डसले १८ ओभर ३ बलमा १०७ रनको योगफल तयार गरेको थियो ।टोलीका लागि सुस्मिता यादवले २७ रन र जेनिसा मगरले २१ रनको योगदान दिएका थिए भने अन्य ब्याटरहरूले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ राजदेवी रोजेजका स्वेक्षा लक्ष्मीले ३ विकेट लिएकी थिइन् भने साक्षी यादवले २ विकेट र पूर्णिमाले १ विकेट हात पारेकी थिइन् ।
१०८ रनको लक्ष्य पछ्याएको राजदेवी रोज १४ ओभरमै अलआउट हुँदै ७९ रनमा सीमित भयो । टोलीका लागि सोनिया मण्डलले १७ रन, स्वेक्षा लक्ष्मीले १२ रन र अनु चौधरीले १० रन बनाएका थिए ।
कंकालनी काइन्डसको बलिङ उत्कृष्ट रह्यो। अपेक्षा यादवले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिँदै खेलको निर्णायक भूमिका निर्वाह गरिन् ।
त्यस्तै जेनिसा मगर र सुस्मिता यादवले समान २÷२ विकेट तथा आरती रामले १ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शनका आधारमा अपेक्षा यादव ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
विजेता टोलीलाई सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादव, सदस्यहरू रोशन मण्डल डम्वर नारायण दास, बिरेन्द्र यादव, संजय कार्की, पूर्व खेलाडी पवन दास, प्रमेन्द्र चौधरी, अम्पायर सरस्वती चौधरीले शिल्ड तथा कप प्रदान गरेका थिए ।
प्रतियोगिता सप्तरी क्रिकेट संघको आयोजनामा सम्पन्न भएको हो भने सबल नेपाल, एमसिसी फाउन्डेशन र सि.डब्लु.बि.को सहयोग रहेको कार्यक्रम संयोजक नवनित जायसवालले जानकारी दिनु भयो ।
जिल्लाभरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०४-२५ , समय : २१:१८:२७ , 3 hours अगाडि