सप्तरीकाे कञ्चनरूप नगरपालिकाकाे धर्मपुरमा अजिङ्गरको उद्वार

मिति: २०२६-०८-१० , समय : २०:५३:५५ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा न.१२ धरमपुर गाउँको नयाँ मोहनपुर टोलमा सोमबार अजिङ्गरको उद्धार गरिएको छ। स्थानीय अम्बिका राईको कुखुराको खोरमा पसेको बैला अजिङ्गरको वन कर्मचारीहरुले उद्वार गरेको हो ।
स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल वन कार्यालयमा सूचना पाएलगत्तै सब डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अजिङ्गरलाई नियन्त्रणमा लिएको थियो। उद्धार गरिएको अजिङ्गर करिब दुई मिटर लामो रहेको डिभिजन वन कार्यालयका कर्मजारी पंकजकुमार मिश्रले जानकारी दिनु भयो ।
सब डिभिजन वन कार्यालय कञ्चनपुरको सहयोगमा अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरी नजिकैको जंगलमा छाडिएको मिश्रले बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०८-१० , समय : २०:५३:५५ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित