मधेस प्रदेश : झण्डै १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मिति: २०२६-०८-११ , समय : १७:१४:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्यका ५० वर्षीय सउरु चौधरी रहेका छन् ।
सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त टोलीले चौधरीलाई १०५ किलो गाँजा सहित पक्राउ गरेको हो ।शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको थियो ।
बरामद गाँजा र पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको छ ।
यसअघि गत बुधबार पर्साबाटै सिमेन्टको बोराभित्र लुकाएर ओसारपसार भइरहेको २०७ किलो गाँजासहित हेटौंडा निवासी ४८ वर्षीय कृष्ण लामा पक्राउ परेका थिए ।

प्रकाशित मिति: २०२६-०८-११ , समय : १७:१४:५६ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित