सप्तरीको छिन्नमस्तामा महुली केन्द्र नं. ८५ मा वित्तीय साक्षरता तथा केन्द्र पुनर्ताजगी तालिम
मिति: २०२६-०८-१८ , समय : २०:०१:३२ , गामघर डेस्क
मिति: २०२६-०८-१८ , समय : २०:०१:३२ , गामघर डेस्क
तस्बिर : दिपक यादवको सहयोगमा
गामघर डेस्क
सप्तरी । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, छिन्नमस्ता शाखाको आयोजनामा छिन्नमस्ता गाउँपालिका–२, रम्पुरास्थित केन्द्र नं. ८५ मा सदस्य तथा अभिभावकलाई लक्षित गरी केन्द्र पुनर्ताजगी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
केन्द्र नं. ८५ की प्रमुख रेणु मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई बचतको महत्व, ऋणको सदुपयोग, नियमित किस्ता भुक्तानी, वित्तीय अनुशासन, आम्दानी तथा खर्च व्यवस्थापनलगायतका विषयमा वित्तीय सचेतना प्रदान गरिएको थियो।
कार्यक्रममा लघुवित्त संस्थाबाट प्राप्त सेवाहरूको सही उपयोग गर्दै सदस्यहरूले आफ्नो आर्थिक अवस्था सुधार गर्न सक्ने विषयमा समेत जानकारी गराइएको थियो। साथै, केन्द्रको नियमित गतिविधिलाई थप प्रभावकारी बनाउने तथा सदस्यहरूबीच आपसी समन्वय र सहकार्य बढाउने विषयमा छलफल गरिएको थियो।
उक्त कार्यक्रममा संस्थाका प्रतिनिधि, केन्द्र नं. ८५ का सदस्य तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरता कार्यक्रमले बचत, ऋण तथा वित्तीय कारोबारसम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको बताएका थिए।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई वित्तीय रूपमा सचेत, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न वित्तीय साक्षरता तथा केन्द्र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-१८ , समय : २०:०१:३२ , 3 hours अगाडि