सामाजिक सन्जालकाे असर : रड तताएर श्रीमती कुट्ने श्रीमान् कारागार चलान

मिति: २०२६-०८-२१ , समय : १०:१२:५६ , सियाराम यादव

तस्बिर : सियाराम यादव / लहान

सियाराम यादव

लहान । साथीसँग मोबाइलमा कुरा गरेको निहुँमा श्रीमतीलाई हातखुट्टा बाँधेर तातो फलामे रडले कुटपिट गर्ने सिराहाको नवराजपुर गाउँपालिका–४ का ३४ वर्षीय रामशंकर यादव पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सिराहा जिल्ला अदालतका न्यायाधीश जुद्धबहादुर आलेको इजलासले यादवलाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

गत ५ साउनमा यादवले घरका झ्याल–ढोका बन्द गरी श्रीमती सञ्जना कुमारीको मुखमा टेप लगाएर हातखुट्टा बाँधी तातो फलामे रडले कुटपिट गरेको आरोप छ। गम्भीर घाइते सञ्जनाको नवराजपुर आधारभूत अस्पतालमा उपचार गरिएको थियो।

यता घटनामा सहयोग गरेको आरोप लागेका यादवका भाइ श्यामसुन्दर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। छिमेकीले कुटपिटको आवाज सुनेपछि ढोका फोडेर सञ्जनाको उद्धार गरी प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: २०२६-०८-२१ , समय : १०:१२:५६ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित