रसुवा बाढीपछि सप्तरीका चार इन्जिनियरसहित ६ जना युवा सम्पर्कविहीन

मिति: २०२६-०८-२७ , समय : ११:२९:५१ , गामघर डेस्क

बाढीपछि सम्पर्क बिहिन भएको सप्तरीका इ. अजय कुमार यादव ।

गामघर डेस्क

राजविराज । रसुवा बाढीपछि सप्तरीका चार इन्जिनियरसहित ६ जना युवा सम्पर्कविहीन भएका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका २८ वर्षीय दिलीपकुमार मण्डल र ३२ वर्षीय मनीष मण्डल हाइड्रोपावर आयोजनामा कार्यरत रहेकामा बुधबारदेखि सम्पर्कमा छैनन्।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.१ का इन्जिनियर अजयकुमार यादव पनि सम्पर्कविहीन छन्। बोदे बरसाइन नगरपालिका–८ काचनका तीन दाजुभाइ देवकुमार, शिवकुमार र सचित यादवसमेत सम्पर्कविहीन छन्। उनीहरू क्रमशः इन्जिनियर, सुपरभाइजर र ओभरसियरका रूपमा हाइड्रोपावरमा कार्यरत थिए।

प्रकाशित मिति: २०२६-०८-२७ , समय : ११:२९:५१ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित