सप्तरीको राजविराज उच्च अदालत बार एसोसियसनको संयुक्त प्यानल घोषणा

मिति: २०२६-०८-३० , समय : २२:२६:२५ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज उच्च अदालत बार एसोसियसनको २१ औँ कार्यसमितिका लागि गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहले संयुक्त उम्मेदवारहरूको नामावली सार्वजनिक गरेका छन् ।
आगामी भदौ २७ गते हुने निर्वाचनका लागि आइतबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै तीन वटै समूहका प्रतिनिधिहरूले साझा उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।
५० वर्षे यात्रा पूरा गर्न लागेको बार एसोसियसनको स्वर्ण वर्षलाई भव्य रूपमा सफल बनाउन र व्यावसायिक हितका लागि विगतमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दै आएका यी समूहहरू यस पटक एकै ठाउँमा उभिएका छन् ।संयुक्त प्यानलको तर्फबाट अध्यक्ष पदमा अधिवक्ता बलराम प्रसाद सिंह, उपाध्यक्षमा अधिवक्ता विनोद कुमार पाण्डे, सचिवमा अधिवक्ता पार्वती कुमारी जोशी थारु, सह–सचिवमा अधिवक्ता अस्मिता थापा, र कोषाध्यक्ष पदमा अधिवक्ता भोगी लाल यादव उम्मेदवार हुने जारी विज्ञप्तीमा जनाएका छन् ।
त्यसैगरी सदस्य पदका लागि अधिवक्ताहरू राम प्रसाद यादव, सतीश कुमार दत्त, भागवत यादव, बाल कृष्ण कार्की, रामनारायण चौधरी, सन्तोष कुमार चौधरी, राज कुमार साह, र चन्द्र कान्त यादव रहेका छन् ।
पार्षद पदका लागि अधिवक्ताहरू रमेश बहादुर थापा, श्याम कुमार पोखरेल, श्याम कान्त चौधरी, मनोज देव, ललितेश्वर प्रसाद गुप्ता, बाल कृष्ण ढुङ्गाना, राम चन्द्र मण्डल, निलाम्बर लाल कर्ण, र डा. हेम कुमार मिश्रलाई उम्मेदवार बनाइएको छ । उक्त संयुक्त विज्ञप्तिमा गणतान्त्रिक समूहका तर्फबाट अधिवक्ता पुण्य प्रसाद यादव, प्रगतिशील समूहका तर्फबाट अधिवक्ता सुजित कुमार पोखरेल, र लोकतान्त्रिक समूहका तर्फबाट अधिवक्ता हेम नारायण चौधरीले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: २०२६-०८-३० , समय : २२:२६:२५ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित