रसुवाको बाढीमा सप्तरीका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन : एक जनाको मृत्यु

मिति: २०२६-०८-३१ , समय : ०९:१९:४४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
भदौ १० गते रसुवामा आएका विनाशकारी बाढीमा सप्तरीका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन भएको छ भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ५ रञ्जितपुरका संतोष चौधरी रहेका छन । जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले आइतबार दिएको जानकारी अनुसार मृतक चौधरी नुवाकोट हाईड्रोपावरमा कामदार थिए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी यादवले सम्पर्कबिहीन भएका जिल्लाका १८ जना व्यक्तिहरुको उद्दार गरिएको छ भने ९ जना सम्पर्कमा आएको जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी यादवले सो क्षेत्रमा रहेको विभिन्न हाइड्रोपावरमा कार्यरत जिल्लाका ४९ र दुई जना भारतीय नागरिक सम्पर्कमा आउन नसकेको जानकारी दिनु भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आईतबार जारी गरेको सूचना अनुसार भारत जिल्ला मधुवनी थाना लौकहा बलुवा रसुवास्थित हाईड्रोपावरमा कार्यरत कामदार सरोज कुमार गुप्ता र भारतको बिहार राज्य मधुवनी जिल्ला निवासी मेकानिकल ओभरसियर रंजित कुमार गुप्ता पनि सम्पर्कमा नआएको जानकारी दिनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सप्तरीको महादेवा २ का रसुवा स्थित हाईड्रोपावरमा इन्जिनियर पदमा काम गर्दै आएको कर्मचारी देव कुमार इसर, खडक नगरपालिका ७ का नुवाकोट त्रिशुली बजारस्थित काम गर्दै आएका कामदार सुनिता राम र उनका छोरा दिवान्स राम, विष्णुपुर गाउँपालिका १ का रसुवास्थित प्राविधिक शिक्षकमा कार्यरत अजय कुमार यादव अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् ।
यस्तै पावरहाउस रसुवा युटिए ३ ए मा कार्यरत कर्मचारी तिलाठी कोईलाडी ४ का सञ्जय साह, तिरहुत ४ डिमनका त्रिशुली बजारस्थित जेसी हाईड्रोपावरमा कार्यरत इन्जिनियर रविन्द्र कुमार यादव, अपर हाईड्रोपावर रसुवामा कार्यरत महदेवा २ का इन्द्र नारायण इसर, रसुवाकै अपर त्रिसुली २१६ एमभी क्युसीमा इन्जिनियर पदमा कार्यरत राजगढ २ का राजिव कुमार सिंह सम्पर्क बिहीन रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रशासन कार्यालयका अनुसार रसुवाकै मेलुङ्ग ५ एमभी हाइड्रोपावरमा कार्यरत कर्मचारी सुरुङ्गा नगरपालिका २ का सरोज चौधरी, रसुवा बेत्राबति बजारस्थित फेवा कञ्जक्सन कम्पनीमा काम गर्ने कामदार कञ्चनरुप नगरपालिका ६ सितापुरका अनिल विश्वकर्मा, रसुवामै सिभिल ओभरसियर पदमा कार्यरत महदेवा २ का संतोष यादव, शम्भुनाथ नगरपालिकाका रसुवास्थित मेलुङ्ग ५ एमभी हाईड्रोपावरमा काम गर्दै आएका मेकानिकल इन्जिनियर पिताम्बर प्रसाद दास, रसुवास्थित मेलुङ्ग २१६ एमभी जल विधुत आयोजनामा सर्वे इन्जिनियर पदमा काम गर्दै आएका सप्तरी तिलाठी कोईलाडीका दिलिप कुमार मण्डल सम्पर्कबिहीन छन् ।
त्यस्तै फेवा फेवा कन्स्ट्रक्सन, बेनी नयाँ पुल, रसुवामा कार्यरत शम्भुनाथ नगरपालिका ३ का रमेश चौधरी, हृदय नारायण चौधरी, सुरेन्द्र देव चौधरी, दिपेन्द्र चौधरी, सोही पालिकाको वडा नं. ४ का रसुवामा कार्यरत कामदार प्रेम सागर चौधरी, वडा नं. ६ कठौनाका रसुवामा निर्माणधिन हाईड्रोपावरमा कार्यरत कामदार साजन चौधरी, सोही वडाका नेपाल विद्युत प्राधिकरण अपर ३ए नुवाकोटमा कार्यरत ओम प्रकाश चौधरी, वडा नं. ३ का रसुवाको जेसी हाईड्रोपावरमा काम गर्ने सुपरभाईजर त्रिभुवन कुमार मण्डल पनि सम्पर्कबिहीन छन् ।
यस्तै जिल्लाको बोदे बरसाईन नगरपालिका ८ काचन टोलका एकै परिवारका तीन दाजुभाई अहिले सम्म सम्पर्कमा आउन सकेको छैन् । रसुवाको जेसी हाईड्रोपावमा इन्जिनियर पदमा कार्यरत देबकुमार यादव, ओभरसियर पदमा कार्यरत सचिन यादव र सुपरभाइजर पदमा कार्यरत शिवकुमार यादव तीनै दाजुभाई सम्पर्कमा नआउँदा उहाँका बुवा लाल बहादुरले खोजीका लागी अपिल गरेका छन् ।
त्यस्तै रसुवास्थित अपर त्रिसुली २१६ एमभी मा हाईड्रोपावरको ईन्जिनियर पदमा कार्यरत विष्णुपुर १ का ओमनारायण यादव, इन्जिनियर पदमा कार्यरत राजगढ ६ फकिराका विजय यादव, नुवाकोटस्थित सुरुङ्गमा काम गर्ने कामदार तिरहुत ३ हटैलका अशोक यादव, हनुमाननगर कंकालिनी १ बरमझियाका रसुवा स्थित हाईड्रोपावरमा काम गर्ने कामदार मुकेश सदा, विनोद सदा र सोही ठाउँका अर्का विनोद सदा, अपर त्रिसुलीमा हाईड्रोपावर ओभरसियर पदमा काम गर्दै आएका तिलाठी कोईलाडी २ लौनियाँका जितेन्द्र मण्डल, रसुवामै कामदारको रुपमा काम गर्दै आएका राजविराज १६ मुसहरी टोलका बेचन सदा र शिव कुमार सदा, रसुवास्थित नेपाली सेनाको श्रीनाथ गण टिमुरेमा कार्यरत राजविराज १० का रोशन कुमार यादव सम्पर्कमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै हाईड्रोपावरमा कार्यरत कामदार अग्नीसाईर कृष्णसवरण २ निवासी ललिता नारायण चौधरी, अपर त्रिशुली १ हाईड्रोपावरमा लोडर चालकमा कार्यरत सप्तकोशी ११ मलेठ निवासी देवानन्द चौधरी, हाईड्रोपावरमा कार्यरत कामदार डाक्नेश्वरी ७ मझौरा निवासी नितिश कुमार पासवान, हाईड्रोपावरमा कार्यरत कामदार डाक्नेश्वरी ७ मझौराका अकलेश कुमार पासवान, इन्जिनियर तिलाठी कोईलाडी २ का मनिष कुमार मण्डल, हाईड्रोपावरमा कार्यरत कामदार राजगढ ३ का राजिव कुमार सिंह, हाईड्रोपावरमा कार्यरत कामदार खडक १० दंग्राहीका राज पासमान, शिव कुमार पासमान, सुरज मण्डल, हेम नारायण साह, नेपाली सेनाका सुरक्षाकर्मी बोदेबर्साईन १ देवहारीका शिव कुमार यादव, सवारी चालक कंचनरुप १२ का नविन श्रेष्ठ, इन्जिनियर डाक्नेश्वरी ५ पातोका अभिनाश पण्डित, हाईड्रोपावरमा कार्यरत कामदार खडक ५ रञ्जितपुरका प्रवेश कुमार चौधरी, हाईड्रोपावरमा कार्यरत कामदार राजविराज १६ बोरियाका सुरेन सदा र होटल कामदार तिलाठी कोइलाठी ३ सकरपुराका राजमणी साह सम्पर्कबिहीन रहेको सो कार्यालयले जनाएको छ ।
यस्तै रसुवामा आएको बाढीका कारण सम्पर्कबिहीन भएका सप्तरीका १८ जना व्यक्तिहरुको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०८-३१ , समय : ०९:१९:४४ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित