नेपाल प्रेस युनियन सप्तरी कार्यसमितिको पदस्थापन ( तस्बिर सहित )
मिति: २०२६-०८-३१ , समय : २०:३३:०८ , गामघर डेस्क
मिति: २०२६-०८-३१ , समय : २०:३३:०८ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
नेपाल प्रेस युनियन सप्तरीको नवनिर्वाचित कार्यसमितिको सोमबार एक कार्यक्रम बीच पदस्थापन गरेका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पद तथा कार्यभार सम्हालेको हो ।
गत भदौ ६ गते सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो । 
नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता र ललिता साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव तथा कोषाध्यक्षमा लोकेन्द्र यादवले पदस्थापन गरेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णकान्त देव र महेन्द्र सदा रहेका छन् । 
नयाँ कार्यसमितिलाई संविधानसभा सदस्य सकलदेव सुतिहार, नेपाली कांग्रेस मधेश प्रदेश सहमहामन्त्री बिन्दु यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देव, निवर्तमान अध्यक्ष विनयकुमार लाल कर्ण तथा प्रेस सेन्टरका अध्यक्ष बिन्दुकुमार यादव लगायतका अतिथिहरूले शुभकामना दिएका थिए ।
प्रकाशित मिति: २०२६-०८-३१ , समय : २०:३३:०८ , 1 hour अगाडि